प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६
काठमाडौं । आज आईतबार सुनको भाउ ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने यथावत छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij