आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजेटमा समृद्ध तराई-मधेस कार्यक्रम समावेश नभएको भन्दै सरकारको ध्यानाकर्षण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • काठमाडौं। राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले समृद्ध तराई–मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै उनले अहिले पनि मधेसमा संचालन भईरहेको समृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसंग जिज्ञासा राखेका हुन्।

    उनले सिंचाईका लागि मधेसका गाँउ गाँउमा पोखरी रहेको भन्दै ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत संभारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंचाई सुविधाको कार्यक्रम सफल हुने बताए।

    पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि सम्पुर्ण क्षेत्रलाई समेट्ने काम नभएको भन्दै उनले गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान, धनुषक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धनलाई समावेश गर्न आग्रह गरे।

    उनले सौर्य उर्जाको उपयोग गरेर प्रदेश नम्बर २ लाई अन्धकार मुक्त राख्ने, भूमिगत सिंचाई, हुलाकी सडक लगायत विषयलाई बजेटमा प्राथमिकता दिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बजेट कार्यान्वयनका लागि सुझाव दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij