प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६
काठमाडौं। सत्तारुढ दल नेकपाको पार्टी एकताको बाँकी काम सहमतिबाटै टुंग्याउने जनाएको छ। भोलिका दिनमा कुनै समस्या नहुने गरी सहमतिकासाथ पार्टी एकता टुंग्याउने विषयमा शीर्ष नेताबीच छलफल भएको छ। त्यसो त नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड, पोलिब्यूरो तथा विभागहरु गठन चाँडै टुंग्याउने गरी छलफल अगाडि बढेको थियो।
तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दा आफूहरुबीच आलोपालो सरकार चलाउने सहमति भएको सार्वजनिक गरेपछि पार्टी राजनीतिमा तरंग उत्पन्न भएको छ। जसको असर एकताको बाँकी काममा पनि देखिएको छ।
पार्टी एकताको बाँकी काम टुंग्याउने विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक मंगलबार बस्दै छ। शनिबार बस्ने भनिएको बैठक नेताहरूको कार्यव्यस्तताका कारण देखाएर सोमबारका लागि सारिएको हो। सचिवालय बैठकमा पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटको विषय नै प्रमुख एजेण्डाका रूपमा रहने स्रोतले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्दा आफूहरुबीच आलोपालो सरकार चलाउने सहमति भएको सार्वजनिक गरेपछि पार्टी राजनीतिमा तरंग उत्पन्न भएको छ। जसको असर एकताको बाँकी काममा पनि देखिएको छ।
नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनभन्दा पहिले केन्द्रीय सदस्यहरूको कार्य्विभाजनको काम सक्नेगरी सचिवालयमा छलफल चलाउने तयारीमा शीर्ष नेताहरू छन्। ‘सकियो भने सबै विषयहरू अबको सचिवालयमै टुंगो लाग्छन् । नभए केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लाग्न सक्छ,’ नेकपा स्रोतले भन्यो, ‘२–३ दिनसम्म बैठक बसेर भए पनि बाँकी काम टुंगो लगाउने गरी तयारी भइरहेको छ ।’ पोलिब्युरो गठनमा भने सहमति जुट्न सकेको छैन।
नेकपा स्रोतका अनुसार केन्द्रीय कार्यसमितिको कार्य विभाजनका विषयमा गृहकार्य सकिएको छ। सचिवालय बैठकमा सामान्य छलफल गरी मंंगलबार अन्तिम टुंगो लाग्नसक्ने बताइएको छ।
पोलिटब्युरोका विषयमा भने पूर्वएमाले तर्फबाट सदस्य हुनेहरूको सूची तयार भइसकेको बताइन्छ । पूर्वमाओवादीमा भने विवाद देखिएको छ । दाहालले आप्mना तर्फबाट सदस्यहरूको नाम दिन नसक्दा पोलिटब्युरो गठनमा ढिलाइ भइरहेको स्रोतले बतायो ।
नेकपामा कुल केन्द्रीय सदस्यको एकतिहाइ नबढ्ने गरी पोलिटब्युरो गठन गर्नुपर्ने प्रावधान छ । पूर्वमाओवादीतर्फ रामबहादुर थापालगायत नेताहरू आफ्नो गुट बनाउन सक्रिय रहेकाले पनि समस्या उत्पन्न भएको केही नेताहरू बताउँछन् ।
प्रदेश, जिल्ला र जनवर्गीय संगठनको नेतृत्व चयनको टुंगो लगाए पनि नेकपाभित्र अझै असन्तुष्टि कायमै छ । त्यतिबेला नै घोषणा गर्ने भनिएको पोलिटब्युरो अन्तिम समयमा आएर आन्तरिक विवादकै कारण स्थागित गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij