आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमण गरेको समाचार झूटो : विप्लव

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २०, २०७६



  • नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टीले सोलुखुम्बुको छेस्का प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास नगरेको बताएको छ। छेस्का सदरमुकाम सल्लेरीबाट ७५ किलोमिटर टाढा छ।

    विप्लव कार्यकर्ताले छापामार शैलीमा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि सोलुखुम्बुको एउटा प्रहरी चौकी खाली गराइएको भन्ने समाचारमा सत्यता नभएको भन्दै उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गरेका छन्।

    महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास भएपछि प्रहरीलाई सुरक्षित स्थान सारिएको प्रहरीले बताएको थियो।

    ‘हिजो आइतबार सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरूप त्यसप्रकारको त्यो समाचार (फेक न्युज) ल्याइएको स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार सुरक्षा दृष्टिले संवेदनशील देखिएपछि चौकी खाली गराइएको थियो।

    विप्लव कार्यकर्ताको ठूलो समूह आइतबार मध्यराति प्रहरी चौकीमा आक्रमण गर्न पुगेको थियो। तर, त्यसबेलासम्ममा त्यहाँका प्रहरीलाई सुरक्षित स्थान सारिसकिएको थियो।

    हातहतियार तथा प्रहरी नभएको चौकीमा पुगेर विप्लव कार्यकर्ता फर्केको प्रहरीको दाबी छ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको नेतृत्वको टोली छेस्का पुगिसकेको छ। चार दिनअघि पनि शर्मासहित २१ जनाको टोली सदरमुकामबाट छेस्का गएको थियो। प्रहरी चौकी भएको स्थानमा विद्युत र दूरसञ्चार सेवा अवरुद्ध छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij