आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न सकेनन् : रामकुमारी झाँक्री

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६



  • Ram Kumari Jhakri

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएकी छन्।

    सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराइन्। मंगलबार काठमाडौंमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा बोल्दै उनले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको पनि बताइन्।

    कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाश रसाईलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन नसकेको बताए। उनले युवाहरुलाई परिचालन गरेर देश बनाउने अभियानमा सरकार क्रियाशील नभएको दावी पनि गरे।

    सांसद रसाइलीले युवाहरुलाई स्वदेशमै परिचालन गर्न सके मात्रै मुलुक समृद्धिको बाटोमा अग्रसर हुने स्पष्ट पारे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij