आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजेटप्रति सत्तारुढ सांसदकै व्यंग्य, भुसाल भन्छन्–‘राष्ट्रिय सहमतिमा ठूला भ्रष्टाचार हुँदैछन्’

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६



  • काठमाडौं, जेठ २१ । मुलुकमा बढेको भ्रष्टाचार, अनियमितता र बेथितिप्रति सत्तारुढ दलकै सांसदहरुले संसदमा ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफमा नेकपाका नेता एवं सांसद घनश्याम भुसालले ठूला भ्रष्टाचारका घटनामा राष्ट्रिय सहमति हुने गरेको जिकिर गरे ।

    कानुनको पालना बलमिच्याइँ भएको भन्दै उनले राज्य र समाजमा व्यापक विकृति देखिएको पनि बताए ।

    ‘अर्बभन्दामाथिको भ्रष्टाचार ब्यूरोक्रेसीलेमात्र गर्छ ?’–भुसालले प्रश्न गरे–‘यद्यपि, कारबाही भयो भने ब्यूरोक्रेसीको मान्छे पर्छन् । माथिको मान्छे कम पर्ने गरेका छन् । तर, यो निःसन्देह भन्न सकिन्छ, ठूला घोटाला एक्लै हुँदैन । एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्छ ।’

    राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टीकृत हुँदै गएको भन्दै ‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् । तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन्’–भुसालले थपे ।

    भ्रष्टाचारले प्रधानमन्त्री, मन्त्री भएका मान्छेमात्रै बिगारेको नभइ त्यसले पार्टीहरुलाईसमेत कब्जा गरिसकेको र राजनीतिक पार्टीहरुको मूल चरित्र नकमाएको आयमा बाँच्नेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गएको सांसद भुसालले उल्लेख गरे ।

    समाजमा भ्रष्टाचार बलियो हुँदै जानुमा दलहरु नै कारक रहेको भन्दै उनले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको जिकिर गरे ।

    बजेटका प्रबन्धहरुप्रति व्यग्यमिश्रितरुपमा प्रस्तुत् उनले भने–‘म यो बजेटको समर्थन गर्न आएको हुँ । तर, त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब ८ लाख कर्मचारी तलब बढेकोमा खुसी छन् । १३/१४ लाख वृद्धभत्ता बढेकोमा खुसी छन् । हामी सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६ करोडले खुसी छौं । धेरै मान्छे खुसी छन् । यसको प्रभाव निजी क्षेत्रमा पनि पर्नेछ र निजी क्षेत्रका कामदारको पनि तलब बढ्नेछ । यसर्थ उनीहरु पनि आशाका साथ खुसी छन् ।’

    बजेटबाट सत्ताधारी दलमात्र होइन, विपक्षी पनि उत्तिकै खुसी रहेकाले समग्रमा बजेटलाई लोकप्रिय भन्न सकिने उनले उल्लेख गरे ।

    बजेटमा भनिएअनुसार आउने वर्ष पाँच लाख रोजगारी सिर्जना गर्नसक्नेमा आशंका गर्दै उनले यो सपनामात्र बन्ने हो कि ? भन्ने प्रश्न गरे ।

    बजेटमा ७४ प्रतिशत साधारण खर्चमा सकिने तर्क गर्दै ‘पुँजीगत खर्च २६ प्रतिशतमात्रै हुनु भनेको हाम्रो अर्थतन्त्र नै आत्महत्या अर्थतन्त्र हुनु हो’–भुसालले भने ।

    ‘जसले ११ खर्ब खान्छ र ४ खर्ब लगानी गर्छ, त्यो बजेटबाट के अपेक्षा गर्ने ?’–उनको प्रश्न थियो ।

    उनले लोकतान्त्रिक गणतन्त्र खतरामुक्त पनि नरहेको औंल्याए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij