आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारले गुठीको मूल मर्ममा प्रहार गर्‍योः नेता सिंह

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए ।

    आफ्नो धारणा राख्दै नेता सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।

    सांसद सिंहले संबिधानले समेत निजी सम्पत्ति, गुठी, संघ संस्थालाई जोगाउने ग्यारेन्टी गरेकोमा सरकारले निजी सम्पत्तिमाथि आउने दिनमा राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको बताए ।

    विधेयक सरोकारवाला गुठीयारसँग समेत छलफल बिना नै ल्याएको बताउदै हजारौ बर्षदेखि चल्दै आएको संस्कार र्संस्कृतिलाई जोगाउनु पर्नेमा सरकारले गुठीको मूल मर्ममा प्रहार गर्ने किसिमले, खराब नियतले ल्याएको आरोप लगाए ।

    सांसद सिंहले गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र विधेयक ल्याउन माग गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij