आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विप्लवले पनि गरे गुठी विधेयकको विरोध

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी विधेयकको विरोध गरेको छ।

    प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधबार विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन्।

    ‘गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ,’ प्रकाण्डले प्रश्न गर्दै भनेका छन्, ‘नागरिकको साँस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाइ किन विधेयक निर्माण गरिँदैछ?’

    विधेयकको विरोधमा शान्तिपूर्ण र वैधानिक संघर्षमा सरकारले दमन गरेको भन्दै प्रकाण्डले दमनको निन्दा गरेका छन्।

    घटनाका घाइतेको उपचारको व्यवस्था र न्यायपूर्ण समाधानका लागि उनले सरकारसँग माग गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij