आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवाको गर्जनले कार्यकर्ता खुसीले गदगद, कम्युनिष्ट सरकारलाई तनाव

  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६



  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन् ।

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गरेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरेको पनि बताए ।

    सभापति देउवाले जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम कम्युनिस्ट सरकारले गरिरहेको बताए ।

    राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर कम्युनिस्ट सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको नेपाली कांग्रेसका सभापति देउवाले बताए ।

    देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्न सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत पनि गरेका छन् । सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    कार्यक्रममा भारतीय सांगीतिक कार्यक्रम सारेगमपका तेश्रो विजेता नेपाली बालक आयुष केसीलगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij