आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीलाई नेविसंघले दियो विषयुक्त तरकारी

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६



  • काठमाडौं । आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषाधि परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दवाव दिएको छ ।

    नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ ।

    नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने सो निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिनु भयो ।

    त्यस अवसरमा नेविसंघले सरकारले भारतको दवावमा सो निर्णय लिएको दावी गर्दै व्यंग्य स्वरुप प्रधानमन्त्री ओलीलाई विषयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ ।

    नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ ।

    नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

    सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषाधि परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उहाँको आपत्ति छ ।

    सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषाधि परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij