प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६
काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार तेजाबी सुन ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij