आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छोराछोरीलाई खोप नलगाउने मातापितालाई ३ लाख जरिवाना !

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • म्युनिख। जर्मनीको सरकारले बालबालिकाको सुरक्षाको लागि नयाँ पहल थालेको छ । चान्सलर एन्जेला मोर्केलको प्रशासनले संसदमा एक विधेयक पेश गरेको छ । यो विधेयक अनुसार बालबालिकालाई विद्यालय भर्ना गर्नुभन्दा पहिले मातापिताले उनीहरुलाई सबै खोप लगाइसकेको हुनुपर्नेछ । यस्तो नभएमा २ हजार ५ सय युरो (३ लाख ८ हजार नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्नेछ ।

    यदि यो विधेयक पारित भएमा अब मातापिताले बालबालिकालाई स्कुल भर्ना गर्दा उनीहरुको खोप प्रमाणपत्र पेश गर्नुपर्नेछ । त्यसपछि मात्र बालबालिकालाई स्कुल जाने अनुमति दिइनेछ । जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पाह्नका अनुसार सरकारको लक्ष्य बालबालिकालाई घातक रोगबाट बचाउनु हो ।

    युरोपमा बालबालिकाहरुमा मिजल्स रोग तीव्र रुपमा फैलिइरहेको छ । जर्मनीमा हालत चिन्ताजनक छ । अघिल्लो वर्षको मार्चदेखि यो वर्षको फेब्रुअरीसम्म जर्मनीमा मिजल्सका ६५१ घटना सार्वजनिक भएका थिए । तर, त्यसपछिका ४ महिनामा ४२९ जनामा मिजल्स देखियो । अर्थात जर्मनीमा यो समस्या तीब्र गतिमा बढिरहेको छ । मिजल्स एक मानिसबाट अर्कोमा हावाको माध्यमबाट फैलिन्छ ।

    बालबालिकालाई यसका कारण कडा ज्वरो, खोकी र सुन्निने समस्या हुन्छन् । यसअघि इटली सरकारले पनि खोप अनिवार्य गरेको छ । प्रशासनले मातापितालाई बालबालिकालाई खोप नलगाएको भए स्कुल नपठाउन चेतावनी दिएको थियो । इटलीमा खोप नलगाएका बालबालिका स्कुलमा भेटिए ५०० युरो जरिवाना तिर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij