प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६
काठमाडौं। धनगढीमा गएराती विष्फोट भएको बम आफ्नै आएको र विष्फोटमा मारिने आफ्नै कार्यकर्ता भएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वीकार गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विष्फोटबाट भएको क्षतिको जिम्मा आफ्नो पार्टीले नलिने बताएका छन् ।
उनले यो घटनाको पछाडिको कारण वर्तमान रकार भएको भन्दै यो क्षतिको जिम्मेवारी पनि वर्तमान सरकारले नै लिनुपर्ने भनेका छन् । विष्फोट गराउने उद्देश्य नभएको तर बोकेको बम पड्किएको विज्ञप्तिमा जनाइएको छ । पार्टीको कामको सिलसिलामा आत्मरक्षाका लागि बोकेका बम विस्फोट भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) को मृत्यु भएको उल्लेख छ ।

विस्फोटमा घाइते सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । अर्का कार्यकर्ता लक्ष्मण सेराला अझै अचेत छन्। उनको अवस्था गम्भीर छ । घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको पनि उक्त अस्पतालमै उपचार भइरहेको छ । घटनास्थलमा एउटा चाइनिज पेस्तोलसमेत भेटिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij