प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार ५ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि यथावत छ।
आज बजारमा छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज सुनको मुल्य स्थिर रहेपनि चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij