प्रकाशित मिति : बुधबार, साउन ८, २०७६
अब बैंक तथा वित्तीय संस्थाले ५० लाखभन्दा बढी कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर प्यान अनिवार्य खोज्नुपर्ने भएको छ।
यसअघि बैंक तथा वित्तीय संस्थाले छुट्टा छुट्टै र एकमुस्ट गरी एक करोड र त्योभन्दा बढी कर्जा प्रभाव मात्रै प्यान अनिवार्य थियो।
अहिलेको मौद्रिक नीतिले यसलाई घटाएर ५० लाख बनाएको हो।
अबदेखि प्यान नम्बर नभएकाले एकपटक वा पटक/पटक गरी ५० लाखभन्दा बढी कर्जा लिन प्यान अनिवार्य लिनुपर्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij