प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६
काठमाडौं । आज (बिहीबार) अमेरिकी डलर सहित सबै देशको भाउ बढेको छ । साताको पहिलो दोस्रो र तेस्रो दिन लगातार घटेको विनिमयदर हिजो बुधबार र आज बिहीबार निरन्तर उकालो लागेको हो ।
आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७३ पैसा, बिक्रिदर २६ रुपैयाँ ८७ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ ६८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ ५५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij