आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विराटनगर भन्सार कार्यालयले उठायो १ वर्षमा ३८ अर्ब २८ करोड राजश्व

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ।

    ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब २४ करोड २४ लाख ३० हजार राजश्व सङकलन कम भएको भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए।

    उनले गएको फागुन महिनादेखि आयात घट्नु, जोगवनी र बथनहाबीचमा अवस्थित पुलमा अवरोध आउनुजस्ता कारणले लक्ष्यको तुलनामा कम राजश्व सङकलन भएको बताए।

    कार्यालयले सो अवधिमा साउनमा १०० दशमलव ६८ प्रतिशत, भदौमा ९५ दशमलव २५, कात्तिकमा १०७ दशमलव ४४, मङ्सिरमा १०१ दशमलव ५०, पुसमा १०० दशमलव शून्य चार, माघमा ९७ दशमलव १४, फागुनमा ९५ दशमलव शून्य दुई, चैतमा ९४ दशमलव ३७, वैशाखमा ९२ दशमलव १८, जेठमा ९१ दशमलव ६४ र असारमा सबैभन्दा कम ९० दशमलव शून्य तीन प्रतिशत राजश्व सङ्कलन गरेको छ।

    सङ्कलित राजश्वमा भन्सार महसुल १५ अर्ब ४७ करोड दुई लाख ४८ हजार, मूल्य अभिवृद्धि कर रु २० अर्ब ८५ करोड १९ लाख चार हजार र अन्तःशुल्क रु एक अर्ब ९६ करोड ७३ लाख ३६ हजार छन्।

    सो अवधिमा भन्सार नाकाबाट कूल रु २० अर्ब २७ करोड ११ लाख ३५ हजार मूल्य बराबरको १० किसिमका सामान निकासी भई कूल रु तीन खर्ब २३ अर्ब ४१ करोड ३३ लाख ४७ हजार मूल्य बराबरको १० किसिमका सामान आयात भएको कार्यालयले जनाएको छ।

    आयात र निर्यातको यो असन्तुलनले हामी नेपाली परनिर्भरतामा बढी केन्द्रित भएको अनुमान सहजै लगाउन सकिन्छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij