आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्यटन मन्त्री योगेश भट्टराईले लिए सपथ

  • प्रकाशित मिति : बुधबार, साउन १५, २०७६



  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सपथ लिएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

    सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति छ।

    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए।

    पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

    २०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिएका भट्टराई ताप्लेजुङबाट नेकपाका प्रतिनिधिसभा सदस्य हुन्।

    चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए।

    तर यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा भट्टराई ओलीको रोजाइमा परेनन्। सरकारका विवादास्पद निर्णयहरुको आलोचना गर्दै आएका भट्टराईले पछिल्लो समयमा भने सरकारबारे सन्तुलित टिप्पणी गर्दै आएका थिए।

    २०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका उनी २०५१ मा अनेरास्ववियुको सभापति भएका थिए। २०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष योगेश भट्टराई थिए भने महासचिव रवीन्द्र अधिकारी थिए। २०७५ सालसम्म आइपुग्दा पार्टीको शक्ति सन्तुलनमा भट्टराई माधवकुमार नेपाल र अधिकारी वामदेव गौतम हुँदै केपी ओली खेमामा पुगेका थिए।

    २०६५ सालमा तत्कालीन नेकपा एमालेको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि पार्टीभित्र भट्टराईको लोकप्रियता बढेको थियो। पार्टी पंक्तिमा भट्टराई विशेषगरी युवाहरुको रोजाइमा पर्ने गर्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij