मधुकर पाण्डे, काठमाडौं श्रावन १५
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा गौरवमय ईतिहास,जिम्मेवार बर्तमान र उज्यालो भबिस्य भन्ने मुल नाराका साथ,नेपाली काङ्ग्रेस बिदुर नगरपालीका नुवाकोट र काठमाडौ सम्पर्क समितिको भेला आज काठमाडौमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्ला सभापति जगदीश नर्सिङ के,सीको अध्यक्षतामा भएको थियोे ।
कार्यक्रमको प्रमुख अतिथि पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अर्जुन नर्सिङ के सी हुनुहुन्थ्यो भने ,विशिष्ट अतीथी नेपाली काङ्ग्रेसका पुर्बसहमहामन्त्री सम्मानित विद्वान ब्यक्तित्व पुर्बअर्थमन्त्री तथा केन्द्रिय सदस्य डाक्टर रामशरण महत हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथि अर्जुन नर्सिङ के.सीले जस्तोसुकै अबस्थामा पनि पार्टीको हित हुने गरी सबैले भित्री मन सफा राखेर काम गरौ, बिधी बिधान अनुसार अघि बढे पार्टी बलियो हुन्छ, हिजोका दिनमा गल्ती गरीयो र चुनाव हारीएको हो, पुरानो कुरामा अल्झीएर समय बर्बाद गर्नुभन्दा सबैजना मनदेखी सुध्रिनु पर्छ, पुराना तीता कुरामात्र सम्झीनुको कुनै अर्थ नरहेको उहाँले बताउनु भयो ।
यसैगरी विशिष्ट अतीथी डाक्टर रामशरण महतले, यो देशमा कम्युनिस्टहरुले अधिनायकवाद लाद्न खोजेका छन्, यीनिहरुलाई यो काममा अघि बढन नदिन काङ्ग्रेस एक ढिक्का भई अघि बढेमा मात्रै सम्भव छ, नत्र असम्भव छ ।
https://www.youtube.com/watch?time_continue=219&v=ay5Cow4-dvY
https://www.youtube.com/watch?v=ay5Cow4-dvY
कम्युनिस्टको एकलौटी शासन संसारमा कहिँ पनि टीक्न नसकेको टिप्पणी गर्दै नेतामहतले यहाँ पनि धेरै दिन टिक्न सक्तैन भन्नुभएको छ ।
त्यसैगरी अर्का बक्ता नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बहादुर सिङ लामाले, आफ्नो कारणले पराजित हुनुपर्यो अबका दिनमा एक भएर अघि बढन सके कुनै समस्या नै नरहेको बताउदै, नेता लामाले सरकारले हालै ल्याएका बिधेयकहरुको खुलेर बिरोध गर्नुभएको छ । अहिले ल्याएको गुठी विधेक र संचार माथि लगाउन खोजिएको अधिनायकवादले, यो सरकार कसरी चलेको छ प्रष्टै देखिन्छ ।
यसैगरी नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश नर्सिङ के.सीले सभापतिको आशनबाट बोल्दै भन्नुभयो, अहिलेको कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्यारा लुकाउने काम गरेको, ३३ किलो सुनकाण्डलाई दबाउने काम गर्यो, बालुवाटार जग्गा प्रकरणमा पनि दोषीलाई किन खोरमा नजाक्ने, र एन सेल काण्ड कता हरायो, जसरी हुन्छ जनतालाई दास बनाउने काम मात्रै यो सरकारले गरेको छ । बालुवाटारमा कम्युनिस्ट नेता बिष्णु पौडेलका छोराको नाममा ८ आना जमिन छ, त्यो कहाँबाट आयो दोषी को हो प्रष्ट देखिन्छ।
नेपाली काङ्ग्रेस नुवाकोटका नेता मोहन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का नेता राम प्रसाद रीमालले गर्नुभएको थियो ।
https://youtu.be/ay5Cow4-dvY


