आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनको मूल्य आकाशिँदै जानुको कारण के हो ?

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • काठमाडौं। सुनको मूल्य आकाशिँदै छ । मूल्यले हरेक दिन रेकर्ड तोड्दैछ । आज बनेको रेकर्ड भोलि तोडिने क्रम जारी छ र यो विगत केही दिनदेखि चलिरहेको छ । आज एकै दिन सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढ्यो । हिजो ६६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज ६७ हजार ८ सय पुग्यो । यो हालसम्मकै उच्च मूल्य हो ।

    खासमा सुनको मूल्य किन यसरी बढिरहेको छ त ? यो सबै अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएका कारण भएको हो । फेडरल रिजर्भ बैंक अमेरिकाको केन्द्रीय बैंक हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बैंकलेले ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ, त्यसले गर्दा लगानीकर्ता सुनमा आकर्षित भएका हुन् ।

    विश्वभरि मानिसहरुले सुन तथा अमेरिकी डरललाई सम्पत्ती मान्ने हुनाले आफ्नो सम्पत्ती सुन वा डलरमा संचय गर्न खोज्छन् भन्ने मान्यता छ । त्यसैले सुन र अमेरिकी डलरको बिचमा विपरित सम्बन्ध कायम हुने गरेको छ । डलरको संचय बढाउन खोज्दा माग बढ्छ र डलरको मूल्य बढ्छ, यसले गर्दा मानिसहरु सुनको माग घटाउँछन् । माग घटेपछि स्वभावैले मूल्य पनि झर्छ । यसको ठिक विपरित, मानिसहरुले सुनको माग बढाएमा मूल्य बढ्छ र डलरको माग घटेकैले मूल्य पनि घट्छ ।

    अहिले फेडरल रिजर्भ बैंकको ब्याजदरले गर्दा मानिसहरु डलरको माग कम गरे र सुनको माग बढाएकोले सुनको मूल्य बढेको नेपाली सुन व्यवसायीहरुको छाता संगठनले जानकारी दिएको छ। पछिल्लो समय बढ्दो अमेरिका चीनको व्यपार युद्धको असर पनि सुनको मूल्यमा देखिएको संघले जनाएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ सय विलियन डलरका चिनियाँ सामानको आयातमा १० प्रतिशत अतिरिक्त भन्सार दर बढाएका थिए । व्यापार युद्धका कारण पनि लगानीकर्ता डलर बेचेर सुनको संचय गर्न आकर्षित भए । यसले सुनको माग बढ्यो र सुनको मूल्य पनि बढ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij