आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक : सहमहामन्त्री महत

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने किसिमको शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन् । नेपाली काङ्ग्रेस कास्कीद्वारा आज यहाँ आयोजित ‘पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने’ विषयक कार्यक्रममा बोल्दै उनले अहिलेको युग व्यावसायिक शिक्षाको युग भएको र यसको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे।

    काङ्ग्रेसको शिक्षा नीति अन्तर्राष्ट्रियस्तरसँग प्रतिस्पर्धा गर्ने खालको रहेकोमा जोड दिँदै उनले शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क प्रदान गर्न सकेमात्रै विश्व बजारसँग नेपाली युवा प्रतिस्पर्धा गर्नसक्ने धारणा राखे। नेपालको वर्तमान शिक्षा व्यावहारिक नहुँदा विश्व बजारमा नेपालीको श्रमको मूल्याङ्कन हुन नसकेको बताए।

    देशमा भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको बताउँदै उनले सरकारका मन्त्रीले नै भ्रष्टाचार संरक्षण गर्न र आफू नजिककालाई ठेक्कापट्टा र कमिसनतन्त्रमा लगाएको आरोप लगाए । पूर्वमन्त्री सुरेन्द्र चौधरीले कास्की, पर्सा र चितवनमा पार्टीभित्र ठूलो अन्तरघात हुने गरेको दाबी गर्दै पार्टीमा असमझदारी भए पनि पार्टीभित्र हुनुपर्ने उल्लेख गरे।

    लोकतान्त्रिक समाजवादमा पुग्ने माध्यम नै शिक्षा भएको हुँदा शिक्षामा सबैको पहुँच हुनुपर्ने र सामुदायिक शिक्षाको गुणस्तर बढाउन सकेमात्रै शिक्षा सबैका लागि सहज हुने उनले बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले राजनीतिकले नभै दलीय करणले मात्र शिक्षा क्षेत्र बिग्रिएकोे बताए।

    नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस नेता शुक्रराज शर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, महिला सङ्घ कास्कीकी सदस्य कोपिला रानाभाट, नेविसङ्घका केन्द्रीय सदस्य पुनम भट्टलगायतले शिक्षा सबैका लागि आवश्यक रहेको बताए।कार्यक्रममा काङ्ग्रेसका भातृ सङ्गठनका अध्यक्ष तथा महासचिव र सचिव तथा शिक्षा क्षेत्रको व्यक्तिको सहभागिता थियो। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij