प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६
काठमाडौं– संसदमा ऊर्जामन्त्री बर्षमान पुन अनन्तले सम्बोधन गरिरहँदा बत्ती गएको छ । करिब १५ सेकेन्ड बत्ती गएपछि केहीबेर संसद हलमा अँध्यारो भएको थियो ।
संसद बैठकमा ऊर्जामन्त्री नै बोलिरहँदा बत्ती गएपछि प्रतिपक्ष सांसदले समेत प्रश्न उठाएका थिए ।
ऊर्जामन्त्री बोल्दै गर्दा बत्ती गएपछि काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रश्न गर्दै भने, ‘माननीय ऊर्जामन्त्री आफैं बोल्दै गर्दा संसदमा बत्ती जानुले देशको विद्युत आपूर्तिको अवस्था कस्तो छ भन्ने कुरा प्रस्ट पार्छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij