प्रकाशित मिति : सोमवार, साउन २७, २०७६
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गएको बताएका छन्। सचिव यादव कोइरालासँग कार्य सम्पादन सम्झौता गर्दै मन्त्री पण्डितले भने, ‘कसले मलाई खुसी बनायो, कस्तो व्यवहार भयो, भनेर अब मूल्यांकन हुँदैन।’
उनले विकास निर्माण र सेवा प्रवाहमा जनता गरेको अनुभूतिका आधारमा कर्मचारीको मूल्यांकन हुने बताएका छन्। ‘काम भने हर्ने लायक हुँदैन, उसले सयका सय नम्बर पाउँछ,’ उनले भने, ‘कागजमा सब ठिक छ तर काम भने केही भएकै हुँदैन।’
उनले अब फलानाले नम्बर काटियो भन्ने गुनासोको अत्यन्त हुने उनको दाबी छ। उनले कामको मूल्यांकनको आधारमा दण्ड र सजायको व्यवस्था हुने बताए। उनले समय सीमा भित्र तोकिएको काम पूरा गर्नुपर्ने पनि बताए।
उनले सोही कार्यक्रममा संघीय निजामती सेवा ऐन छिटै आउने ब ताए। उनले विकास निर्माणमा व्यक्तिगत विषय जोडिएमा कडा कारबाही हुने बताए। ‘विकास निर्माण निजी कुरा जोडिनु हुँदैन, छुट केही कुरा हुँदैन’, उनले भने। उनले कार्यालय समयमा अतिरिक्त काम गर्न नपाइने समेत गरे।
सचिव यादव कोइरालाले सुशासन, पूर्वाधार निर्माण र पालिका भवन निर्माणले यो वर्ष प्राथमिकतामा राखेको बताए। उनले सहसचिव, उपसचिव, शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिने बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij