आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : आइतवार, भदौ ८, २०७६



  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसालिसकेको र यसको परिणाम केही समयमै देखिने बताएका छन्।

    राजनीतिक अधिकारप्राप्तिको लडाई पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताए।

    अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत प्रतियोगितामा आज उनले सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिल्यै नगर्ने बताए।

    सरकारले विकास गरेन भनेर भन्ने दूरप्रचार भइरहेको बताउँदै उनले सरकारले गरेका कामलाई राम्रोसँग नियाल्न आग्रह गरे। सरकार अब खरोरुपमा उत्रने बताउँदै उनले निर्वाचनमा सरकारले गरेका कामको मूल्याङ्कन जनताले नै गर्ने र जनताको परीक्षामा उत्तीर्ण भएरै छाड्ने बताए।

    कसैले गलत प्रचार गरेर सरकारलाई कुनै प्रवाह नहुने बताउँदै उनले सरकारले समृद्धिका आधार तय गरिसकेको र तिनलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्नेगरी योजना बनाइरहेको बताए।

    मन्त्री बाँस्कोटाले सातदशक लामो सङ्कल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पारे। उनले मुलुकको आर्थिक विकासको क्षेत्रमा सरकारले गरेको कामले उल्लेख्य उपलब्धि हासिल गरेर मुलुकको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हासिल गरेको र आगामी वर्ष आर्थिक वृद्धिदरलाई ८.५ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएर काम गरिरहेको बताए।

    जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहको बताउँदै उनले गरीबी र समाजमा व्याप्त कुरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए। विकास निर्माणका कामलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उनले विकासका काममा कुनै पनि प्रकारको राजनीति नहुने प्रष्ट पारे। नेकपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले कुनै पनि बहनामा धोका नदिइने र जनचाहना अनुरुपकै काम अगाडि बढाइने बताए।

    मन्त्री बाँस्कोटाले आमसञ्चारका माध्यम र पत्रकारिता क्षेत्रलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाउन आवश्यक रहेको बताए। उनले सरकारले प्रस्ताव गरेको विधेयकले आमसञ्चारलाई नै बलियो बनाउ ल्याइएको बताए। मन्त्री बाँस्कोटाले भने, ‘भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यही असत्यलाई पुष्टि गर्न कैयन झुठ बोल्ने र लेख्ने पनि छन्। यस्तै गलत काम गर्नेलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो।’

    अर्घाखाँचीमा एक वर्षमा फोर जी सेवा विस्तार गर्ने बताउँदै उनले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शीतगङ्गा नगरपालिकामा नेपाल टेलिकमको ल्याण्ड लाइन सेवा विस्तार गर्ने बताए।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नजीर मियाँ, प्रदेश सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, नेकपा जिल्ला सहइञ्चार्ज सुशीला श्रीपाली, सचिव ठाकुरकुमार विक, नेपाली काङ्ग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष भरत केसी लगायतले मन्तब्य राखेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij