प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ४ जना केन्द्रीय सदस्य थपिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको छ ।
पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् । यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो ।
अब नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय बनेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij