आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली काङग्रेसको गा बि स स्तरीय भेला सम्पन्न

  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०७६



  • बिनिता शर्मा, दाङ । नेपाली काङग्रेस साबिकको मानपुर गा बी स स्तरीय भेला एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ
    नेपाली काङग्रेस मानपुरका ईकाई सभापति लाल बहादुर गीरीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङग्रेस दाङका सभापति कृर्ती बहादुर खड्काले सबैलाई आ आफ्नो तहबाट अनुशासनमा रहि आ आफ्नो स्थानमा संगठन बलियो बनाउन निर्देशन दिनुभयो ।

    बिशिस्ट अतिथिहरुमा पुर्ब पार्टी सभापति बिर्केसरी गौतम,संविधान सभाका सदस्य राजु खनालले सबै तिर कम्युनिस्टको प्रहार भैरहेको छ, यो बेलामा सचेत हुन र आफ्नो पार्टीको संगठनको लागि दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

    काङग्रेस नेता भरत बहादुर न्यौपानेले स्वास्थ प्रतिस्ठानको रजिस्ट्रारलाई भएको व्यबहार प्रति आक्रोश व्यक्त गर्दै कारबाहीमा जोड दिनुभयो ।

    साबिकका क्षेत्रिय सभापतिहरु क्षेत्र नम्बर ४ का जगत खड्काले कम्युनिस्टको शैलीले नेपाली जन्ताले दुख पाएको र अब सबै सचेत हुन आग्रह गर्नुभयो ।

    क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भुप बहादुर डाँगीले सधै भरी दबदबामा कम्युनिस्ट सरकारले चलाउन नसक्ने अब आउँदा दिनमा सबैलाई अहिलेको कम्युनिस्टको सैलीलाई कहिले नबिर्सेर संगठन बिस्तार गर्न आग्रह गर्दै बिगतका तिताकुरा मनमा नराख्न सबैलाई आग्रह गर्नुभयो ।

    क्षेत्र नम्बर २ का गिरिराज सुबेदिले कम्युनिस्टको सैलीलाई नबिर्सेर संगठन बलियो बनाउन लाग्न आग्रह गर्नुभयो ।

    कार्यक्रमका बक्ताहरुमा काङग्रेस नेता एबं पुर्ब गाउँ बिकास समितिका अध्यक्ष गोबिन्द मजगैयाँ,तुल्सीपुर उपमहानगरपालिका १७ का वडाध्यक्ष थलराज पुरी,साबिक मानपुरका निबर्तमान ईकाई सभापति यज्ञ बहादुर बस्नेत, नेता एकराज आचार्य,खडक बहादुर भण्डारी,मधुरादेबी पाण्डे लगायतले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

    बिशेष गरेर कार्यक्रमको बारेमा भन्नुपर्दा तल्लो तहका नेताहरुको एक प्रकारको नेताहरु प्रतिको आक्रोशको झझल्को देखिन्थ्यो भने गत स्थानीय निर्वाचनमा एकले अर्कालाई असहयोग गरेको कुरा एकाअर्कालाई दोसारोपन गरेका थिए ।

    नेतृत्वमा बस्ने नेताहरुले यो बिषयमा समयमा एक आपसमा छलफल गरि सच्चीन वा समझदारी पुर्बक अघि बढन नसकेको खण्डमा नेपाली काङग्रेसले कुनै बेला नेपालमा दुईतिहाई मतले जितेर एकलौटी रूपमा सरकार बनाएको थियो रे भन्ने ईतिहास मात्रै हुने निश्चित छ त्यसकारण केन्द्र देखि गाउँ सम्म नेता जि हरुको दिमागको बिर्को खुलेन भने ईतिहासमा मात्रै सिमित हुने देखिन्छ त्यसैले समयमा सोच्ने हो कि ?

    कार्यक्रममा ईकाईलाई आर्थिक सहयोग गर्ने दुईजनालाई खादा ओडाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा तुल्सीपुर १७ का वडाध्यक्ष थलराज पुरी र साबिक क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भुप बहादुर डाँगी हुनुहुन्छ ।

    कोषाध्यक्ष सुशील आचार्यले आर्थिक प्रतीबेदन पेश गर्नुभएको थियो । साबिक मानपुरका उपसभापति ज्ञान बहादुर के सी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुशील ओलीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij