प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६
आज मिति २०७६ साल भदौ १७ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष, चतुर्थी, ६ः५७ बजेदेखि पञ्चमी, २९ः०१ उप्रान्त षष्ठी तिथि मंगलबार ।
मेष
पारिवारीक खर्च बढ्नेछ, भेटघाटमा दिन बित्नेछ।
वृष
सम्पति सदुपयोग हुनेछ, आर्थिक फाइदा हुनेछ।
मिथुन
पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ।
कर्कट
धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ।
सिंह
विघ्नको सामना गर्नु पर्नेछ, यात्रामा खर्च बढी हुनेछ।
कन्या
आम्दानीले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ।
तुला
सरकारी सहयोग पाइनेछ, मुद्दामामिला किनारा लाग्नेछन्।
वृश्चिक
अध्ययन कमजोर हुनेछ, यात्रामा दिन बित्नेछ।
धनु
आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ।
मकर
दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ।
कुम्भ
खेलकुदमा मन जानेछ, मीठो भोजन सुख पाइनेछ।
मीन
मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij