आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल एसएमई मेला सम्पन्न, २ करोड बढीको कारोबार

  • प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६



  • राजधानीको भृकुटीमण्डमा भएको ‘नेपाल एसएमई व्यापार मेला २०१९ मा’-२ करोड बढीको कारोबार भएको छ।

    साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा भएको मेलामा डेढ करोड देखि २ करोडसम्मको बिक्रि भएको आयोजकले जनाएका हुन्। महासंघका केन्द्रीय सदस्य एवं मेलाका संयोजक रविन थापाले अन्तिम दिन सोमबार सांझ सम्म ४५ हजार जनाले मेला अवलोकन गरेको बताए। मुलुकभरका साना तथा मझौला व्यवसायीका उत्पादित बस्तुलाई एउटै छानोमुनी विक्रि वितरणको साथै बजारिकरणको व्यवस्था गर्न गर्नका लागि महासंघले मेला आयोजना गरेको उल्लेख गर्दै उनले मेलाले अपेक्षित कारोवार गर्न सफल भएको बताए।

    विश्व पर्यटन दिवस एवम् हिन्दुहरुको महान चाड वडा दशैको अवसरमा महासंघले नेपाल एसएमई व्यापार मेला आयोजना गरेको हो। मेलामा ७७ वटा जिल्लाका साना तथा मझौला व्यवसायीका ७८ वटा स्टल थिए। उल्लेख्य रुपमा अवलोकनकर्ताहरु आएपछि व्यवसायीहरु पनि खुसी छन्। व्यवसायी मिलनविर मालाकार विक्रि मात्रै नभई नयाँ नयाँ उपभोक्तासंगको भेटघाटको अवसर मिल्ने भएकाले व्यापार प्रवद्र्धनका दृष्टिले मेला प्रभावकारी बनेको प्रतिक्रिया दिए। त्यसैगरी अर्का व्यवसायी सन्दैश राई, रञ्जना श्रेष्ठ पनि आफुले अपेक्षित रुपमा सामान विक्रि गर्न सकेको प्रतिक्रिया दए।

    विहिबार देखि सुरु भएको मेलामा साना तथा मझौला व्यवसायीद्धारा निर्मित हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरियो चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीको साथै तयारी पोशाक, ढाकाका कपडा, नेपाली सुती कपडा लगायतका स्टलहरु राखिएको थियो।

    त्यसैगरी घरायसी स्वादका अचार, केक, मिठाई लगायतका खाद्य परिकार पनि मेलामा राखिएको थियो। अर्गानिक उत्पादन, हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा मह तथा सुती तथा ढाकाका कपडाका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखिएको थियो। काष्ठनिर्मित सामान, पोते, नेपाली सुतीका कपडाको साथै बंगलादेशी तथा पाकिस्तानी उत्पादनमा पनि उपभोक्ताको भीड लागेको थियो। मेलामा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीले पनि सहभागीता जनाएका थिए। विहिबारदेखि सुरु भएको मेला सोमबार सम्पन्न भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij