आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ”- प्रधानमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६



  • PTI4_7_2018_000073B

    काठमाडौं, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका छन् ।

    मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार दिउँसो उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत् सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पुर्‍याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए ।

    उनले पाइपलाइन परियोजना सन्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताए ।

    ‘पाइपलाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ’–प्रधानमन्त्रीले भने–‘आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको छ ।’

    उनले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गरे ।

    ‘परियोजना नेपाल र भारतको व्यापार तथा पारवहन पूर्वाधारको सम्बन्धमा ‘कनेक्टिभिटी’को सर्वश्रेष्ठ उदाहरणसमेत हुनेछ’–प्रधानमन्त्री ओलीले भने–‘यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

    नेपाल–भारतको सहकार्यका क्षेत्र एकाध परियोजनामामात्र सीमित नरहेको उल्लेख गर्दै उनले रेलवे, सडक, जलविद्युत्, एकीकृत जाँचचौकीलगायत विविध क्षेत्रमा द्विपक्षीय सहायताका लागि सम्झौता भएको बताए ।

    प्रधानमन्त्री ओलीले पारस्पारिक लाभका लागि दुई देशबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण सिर्जना गरेको बताए ।

    ‘हाम्रा दुई देशबीचको सम्बन्ध यति गहन छ, यसलाई जहाँ र जहिले पनि विस्तार गर्ने अवसर रहेको छ’–उनले भने ।

    नेपाल र भारत दुवै स्पस्ट बहुमतसहित राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने–‘बढ्दो आर्थिक वृद्धिदर, गतिशील र सक्षम मानव संशाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ।’

    सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका थिए ।

    अत्यन्त खुसी छु : मोदी

    सोही अवसरमा नयाँदिल्लीबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत् सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताए ।

    उनले भने–‘म अत्यन्त खुसी छु । दुवै मुलुकको संयुक्त प्रयासमा परियोजना सम्पन्न भएको छ ।’

    भारत र नेपालबीच सदियौंदेखि जनस्तरमा पारिवारिक र सांस्कृतिक सम्बन्ध रहेको औंल्याउँदै उनले नेपालको विकास प्रयासमा भारतको सधैं साथ र सहयोग रहने बताए ।

    ‘दुई देशका जनता जनताबीचको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधारकारुपमा रहेको छ’–उनले भने ।

    नेपालको उच्च राजनीतिक नेतृत्वसँग आफू बारम्बार संवादकाक्रममा रहेको स्मरण गर्दै उनले पछिल्लो डेढ वर्षमा आफूले चारपटक नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बताए ।

    भारत र नेपालको समृद्धिका लागि परस्पर हितका आधारमा साझेदारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुवै मुलुकलाई लाभ हुनेगरी विकासका नयाँ–नयाँ क्षेत्रमा समझदारी गरिएको बताए ।

    दुवै मुलुकका सरकारको उच्च प्राथमिकतामा रहेकाले सो परियोजना तोकिएको समयमै सम्पन्न भएको उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न आउनेसमेत बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij