प्रकाशित मिति : आइतवार, अशोज ५, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्युदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढ्दै गएको देख्दा मृत्य दण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन्।
उनले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे।
वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत गराए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij