आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“नेपाल–चीन सम्बन्ध हिम नदीझै स्वच्छ”- प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६



  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रमको सोमबार उद्घाटन गर्दै दुई मुलुकबीचको सम्बन्ध हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताए।

    प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे। दुई मुलुकबीचको मित्रता स्वर्थहरुको लेनदेनभन्दा माथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाइरहेका छौं ।’

    प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आइपर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि बताए।

    प्रधानमन्त्री ओलीले नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउन सक्नेमा विश्वस्त रहेको पनि बताए।

    कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टीले संसारमा कुनै शासन व्यवस्थाले दिन नसकेको आत्मसम्मान, गौरव र आर्थिक विकास चिनियाँ जनतालाई दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए। उनले चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक स्पष्टता र अनुशासनको बलमा आर्जन गरेको आर्थिक समृद्धिबाट नेपालले पनि सिक्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

    कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् विदेश विभाग प्रमुख सोङ ताओले जनताको जीवनस्तर सुधारमा लाग्न नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिएका थिए। दुई दिनसम्म चल्ने सो छलफलमा दुई कम्युनिष्ट पार्टीको विचारधारा ‘सी जीनफिङ विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको बहुदलीय जनवाद’बारे खुलेर छलफल हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij