प्रकाशित मिति : आइतवार, कार्तिक १७, २०७६
काठमाडौं। सरकारले सातै प्रदेशका प्रमुखहरुलाई आइतबार पदमुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा नेता पौडेलले आक्रोश पोखेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘यसरी प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई मनपरी ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिस हो।’
तत्काली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई आइतबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पद मुक्त गरेकी हुन्।

समाचारअनुसार आइतबारै नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij