आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्ता छन् प्रदेश नम्बर ५ कोे मन्त्रिपरिषद् बैठकका निर्णय

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १९, २०७६



  • बुटवल । प्रदेश नम्बर ५ सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको बैठकले गरेको निर्णय मंगलबार बुटवलमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो ।

    बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालय स्थापना गर्नेदेखि प्रदेश सूचना तथा सञ्चार प्राविधि प्रतिष्ठानको कार्यकारी नियुक्त गर्नेसम्मका निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
    बैठकले सञ्चार प्रतिष्ठानमा अनुप बाँस्कोटालाई नियुक्त गरेको छ । यस्तै प्रदेशमा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरी सञ्चालन गर्ने सरकारको निर्णय छ ।
    यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरपूर्वका सटरहरु भत्काउन पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।

    यस्तै उद्योग बन तथा पर्यटन मन्त्रलायले दर्ता गर्ने प्राईभेट फर्म नियावली २०७६ लाई पनि बैठकले स्वीकृत दिएको छ । जसमा फर्म दर्ता गर्दा महिला, दलित, अपाङ्गलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij