आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बागी उम्मेदवारी परेपछि कम्युनिष्टहरुलाई लाग्यो झटका, कांग्रेसको जित सुनिश्चित

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २८, २०७६



  • दाङ । दाङ नेकपालाई झट्का लागेको छ । सन्निकट मसिंर १४ गते हुने उप निर्वाचनमा दाङमा नेकपाबाट वडा अध्यक्ष पदमा बागी उम्मेदवारी परेको छ । नेकपा कै कार्यकर्ता जगलाल चौधरीले नेकपाको कार्यदलको निर्णय प्रति तिब्र असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दर्ता गनुभएको हो । घोराही उपमहानगरपालीका वडा नं १६ मा तत्कालीन वडा अध्यक्ष लक्षिन बुढाको स्वर्गारोहण भएपछि रिक्त रहेको वडा अध्यक्ष पदमा यहिँ मंसीर १४ गते उपनिर्वाचन हुँदै छ ।

    नेपाली राष्ट्रिय झण्डा, बाजागाजा सहित मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुग्नु भएका चौधरीले नेताको गुलामी र दलाली गर्नै प्रबृत्तिको बिरोधमा आफ्नो उम्मेदवारी परेको बताउनुभयो । वडा नं १६ का तत्कालीन अध्यक्ष लक्षिन बुढाको सपना पुरा गर्न १६ नं वडाका जनताहरुले आफुलाई चुनावमा उठ्न प्रेरणा दिएको चौधरीले भन्नु भएको छ ।

    “मेरो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन ” चौधरीले भन्नु भयो । यस्तै देशै वडा नं १६ को संभाबीत उम्मेदवारमा स्व. लक्षिन प्रसाद बुढाको श्रीमती लालमती बुढाको नाम चार्चामा थियो । मंसीर १४ गते हुन गईरहेको उपनिर्वाचनमा स्वर्गीय भएको श्रीमानको स्थानमा पार्टीले विश्वास र सहानुभूती देखाउँदै उहाँकी श्रीमतीलाई टिकट दिइरहेको बेला घोराही उपमहानगर १६ नम्बर वडा अध्यक्ष पदमा भने त्यसो नगरिएको भन्दै सरोकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    बैजाली बुढा मगर समाज दाङ र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले बुधबार बिहान छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उनीहरुले गम्भीर आपत्ती जनाएका हुन् । स्वर्गीय लक्षिनप्रसाद बुढा मगरकी धर्मपत्नी लालमती बुढामगर आदिबासी जनजाती भए कै कारण पार्टीका तर्फबाट विभेद गरी राजनीतिक अधिकार खोसेको भन्दै आपत्ति जनाएका छन् ।

    नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगर र सचिव मुक्त बुढामगरले विज्ञप्ति जारी गर्दै नेकपाको तर्फबाट गरिएको गलत निर्णय सच्याउँदै लक्षिनकी धर्मपत्नी लालमतीलाई नै उम्मेदवार माग बनाउन माग गरेका छन् । स्वर्गीय लक्षिनप्रसाद नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट सिफारिस भै वडा अध्यक्षमा निर्वा्चित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij