आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कास्कीमा उर्लीयो जनसागर, विद्याले जित्ने निश्चित

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २८, २०७६



  • कास्की । कास्कीको निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र पारिरहेको छ । लालकिल्लाको रुपमा रहेको यस क्षेत्रको साँख उच्चो राख्न भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरु हजारौको संख्यामा दैनिक घरदैलो अभियान गरिरहेका छन् ।

    निर्वाचन क्षेत्रअन्तर्गतका पोखरा महानगरपालिकाका ११ वटा वडामा निर्वाचन परिचालन कार्यालय तथा कतिपय वडामा आवश्यकताअनुसार शाखा कार्यालय स्थापना गरिसकेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रमलाई अघि बढाएका हुन् । प्रत्येक वडा तथा टोलमा प्रचारप्रसारका गतिविधिलाई प्रभावकारी बनाउन, मतदाता शिक्षालाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यका साथ हिजो पोखरा–१७ मा विभिन्न भेगलाई समेट्ने गरी छुट्टाछुट्टै चारवटा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको नेकपा–१७ का अध्यक्ष सुवास ढुङ्गानाले जानकारी दिनुभयो ।

    कार्यालयको उद्घाटन गर्दै नेकपा कास्कीका अध्यक्ष एवम् निर्वाचन कमिटी संयोजक कृष्ण थापाले विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीले देख्नुभएका सपना साकार पार्न विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाइएको बताउनुभयो । जनप्रतिनिधिहरु जनताका सेवक भएको उल्लेख गर्दै उहाँले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै मतदाता माझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    वर्तमान पार्टी नेतृत्वको सरकारले निकट भविष्यमा सुकुम्वासी समस्या समाधान गर्ने गरी आवश्यक तयारी गरिरहेको बताउँदै उहाँले अबको तीन वर्षभित्र मुलुकमा कोही पनि सुकुम्बासी नहुने जानकारी दिनुभयो । नेकपा पोखरा–१७ का अध्यक्ष एवम् वडा निर्वाचन कमिटी संयोजक सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य एव्म जिल्ला कमिटी सदस्य राधिका शाही योगी, सुवर्ण श्रेष्ठ र ओमबहादुर हमाल, मजदूर नेता रुद्र खत्री, वडाध्यक्ष तीर्थ अधिकारी, भुवानी भट्टराई, पार्टी वडा सचिव ईश्वरीप्रसाद लम्साललगायतले निर्वाचनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी पूर्वस्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले नेकपा भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको बताउनु भएको छ । पोखरा महानगरपालिका–९ मा आज भएको उम्मेदवारसहितको घरदैलो कार्यक्रमपश्चात् साँघुको मुखमा आयोजित कोणसभामा बोल्दै उहाँले सम्पूर्ण श्रमजीवी र भूमिहीनहरुलाई समेटेर अघि बढ्ने नेकपाबाहेक विकल्प नभएको दाबी गर्नुभयो ।

    प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नं २ का लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार विद्या भट्टराईले चुनावी घरदैलो अभियान बुधबार पोखरा–९ भीमसेनचोकस्थित शहीद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुभारम्भ गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले शहीदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको लहर ल्याउँदै गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महिला र युवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उल्लेख गर्दै उम्मेदवार भट्टराईले देश र जनताको चाहनाअनुसार समृद्धिको सपना पूरा गर्न आफू उम्मेदवार बनेर आएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij