आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज मन्त्रिपरिषद पुनर्गठन हुँदै

  • प्रकाशित मिति : बुधबार, मंसिर ४, २०७६



  • काठमाडौँ । लामो छलफल र तयारीपछि प्रधानमन्त्री केपी ओलीले बुधबार (आज) मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले त्यसको जानकारी मन्त्रिपरिषद बैठकमै गराएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए।

    बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै पनि मन्त्रीलाई कतै नजान पनि भनेका छन्। बुधबार नै मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कतै नजान भनेका हुन्।

    प्रधानमन्त्रीले मंगलबार मन्त्रिपरिषद बैठकमा ‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। सामान्य हेरफेर हुन्छ। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ। कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद। यसलाई अन्यथा नलिइदिनुहोला’ भनेका थिए।

    प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

    योबीचमा विवादित अभिव्यक्तिका कारण तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए।

    मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मा र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई बिदाइ दिने तयारी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij