आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तराइ-मधेश सँग ‘परेको ‘लभ’लाई सानदार ढङ्गले निभाउछु : प्रचण्ड

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६



  • बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले तराई मधेशको समस्या समाधान गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

    बाराको निजगढमा नेकपाको बृहत् सभा तथा प्रदेश नं २ का राष्ट्रिय गौरवका योजनाहरुलाई कार्यान्वयन गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री दहालले केही वर्ष पहिला मधेशसँग परेको ‘लभ’लाई सानदार ढङ्गले निभाउने भन्दै मधेश र मधेशीको दुःखहरु सदाका लागि समाप्त गर्ने प्रतिबद्धता समेत व्यतm गरे।

    तराई मधेशको विकासका लागि सङ्घीय सरकारसमेत लागिपरेको बताउँदै उनले सरकारलाई आपूmले पनि दबाब सिर्जना गर्ने बताए। बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिँचाइ, मलखादको प्रबन्ध गर्नका लागि आफू पूर्णरूपमा कटिबद्ध रहेको बताउँदै अध्यक्ष दहालले चाँडै नै मधेशको मुहार फेर्ने गरी कामको थालनी गरिने जानकारी गरे। तराई मधेशमा विकास र समृद्धि नभई मुलुकको विकासले फड्को नमार्ने बताउँदै समृद्धिको यात्रातिर लम्कने अध्यक्ष दाहालको भनाइ थियो ।

    तराई मधेशको ‘लाइफलाइन’ भनेको हुलाकी राजमार्ग रहेको भन्दै त्यसका कामहरु पनि तीव्ररुपमा गर्ने विश्वास दिलाए। फरक प्रसङ्गमा पूर्वप्रम दहालले आफू प्रधानमन्त्री हुँदा द्रुतमार्गको शिलान्यास गरेको उल्लेख गर्दै उनले भने, “अहिले नेपाली सेनाले सो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको देखेर म निकै खुशी भएको छु ।”

    अन्तर्राष्ट्रिय विमानस्थल बारामा नै बन्ने ठोकुवा गर्दै अध्यक्ष दहालले टङ्गिया बस्तीको व्यवस्थापन निकै चुनौती भए पनि त्यसलाई चाँडै नै व्यवस्थापन गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम शुरु गर्न प्रतिबद्ध रहेको समेत प्रचण्डले बताए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij