आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भक्तपुरमा भारी मतले कांग्रेसको अग्रता

  • प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६



  • काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा भक्तपुर १ (क) मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भंडेलले भारी मतको अग्रता लिएका छन् । कांग्रेसका भंडेलभन्दा नेकपाका ढकाल ३ हजार १ सय ७० मतले पछि छन् ।

    कांग्रेसका भँडेलले ८ हजार ८ सय १ मत प्राप्त गर्दै भारी अग्रता लिएका छन् भने उनका प्रतिद्धन्दी सत्तारुढ दल नेकपाका उम्मेद्वार देवी प्रसाद ढकालले ५ हजार ६ सय ३१ मत पाएका छन् ।

    त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार निरज लवजुले १ हजार ९ सय ५१ मत पाएका छन् ।

    यसअघि तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार हरिशरण लामिछाने विजयी भएका थिए । उनको गत वैशाख ३१ मा हृदयघातबाट निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त रहेको थियो ।

    भक्तपुर १ (क) काँग्रेस, नेकपा र नेमकिपाका उम्मेद्वारहरुसहित प्रदेशसभा सदस्य पदका लागि १९ जना चुनावी मैदानमा छन् ।

    नेकपाबाट देवी प्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भंडेल, नेमकिपाका निरज लवजु, साझा पार्टीका सुरज प्रधान, समाजवादी पार्टी नेपालका सुर्दशन कुमार मनकर्मी, राप्रपाका श्याम प्रसाद नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, नेकपा ९माले०का सुर्दशन लामिछाने र नेपाली काँग्रेस (विपी) का मधुसुधन न्यौपानेले चुनावी मैदानमा छन् ।

    यस्तै स्वतन्त्र १० उम्मेद्वारहरुमा कृष्ण प्रसाद ह्योमो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखाकर्मी, राकेश सुवाल, सुमन कार्की, जीवन चन्द्र अधिकारी, संगीता पौडेल आचार्य र सुजता देउजा मैदानमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij