आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेसमा लचिलो बन्दै देउवा

  • प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६



  • काठमाडौं। पछिल्लो केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेभ भित्र देखिएको विवाद समधानतर्फ गएको नेताहरुले बताएका छन्। गएको बिहीबारदेखि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेपछि विवाद छताछुल्ल भएको थियो।

    पौडेल समूहले बैठक नै बहिस्कार गरेपछि सभापति शेरबहादुर देउवा आफैले विवाद समाधानको पहल थालेका थिए। शनिबार बिहानै पौडेल निवास बोहोराटार पुगेर सभापति देउवाले पौडेललाई मनाउने प्रयास गरेका थिए।

    त्यसपछि पार्टीका दोस्रो तहका नेताहरुबीच सोमबारसम्म निरन्तर छलफल भएको थियो।

    यो बीचमा पार्टी उपसभापति विमलेन्द्र निधी र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच दुई पटक वार्ता भएको छ। सिंहले पौडेल समूहबाट वार्ताको नेतृत्व गर्दै आएका छन् भने निधी सभापतिकातर्फबाट वार्ताको नेतृत्व गर्दै आएका छन्।

    सोमबार संस्थापन पक्षले बैठक स्थगित गरेर पार्टी भित्रको विवाद समाधान गर्न लचिलोपन देखाएको छ। उता पौडेल समूहको सोमबारको भेलाले विवाद समधान गरेर अगाडि बढ्ने निश्कर्ष निकालेको छ।

    पार्टीमा देखिएका आन्तरिक असमझदारी अन्त गर्न का निम्ति पटक पटक भएका वार्ताहरुले सहमतिका आधारहरु तय भएको पूर्वमहामन्त्री सिंहले बताए। उनले केही प्राबिधिक विषयहरुमा सहमति जुटाउनका लागि निरन्तर प्रयास जारि राखिनेसमेत बताएका छन्।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताए। उनले पार्टी भित्र हुने विवादहरु स्वभाविक र लोकतान्त्रिक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रक्रियामार्फत टुंगोमा पु¥याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिए।

    कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पु¥याउने र १४ औं महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्य समितिको बैठक बहिस्कार गर्दै आएको छ । तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रक्रियागत आधारमा अगाडि बढ्ने गरी बैठक सारिएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij