आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोलखाको मेलुङमा मात्रै २ करोड रुपैयाँको सुन्तला उत्पादन

  • प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६



  • दोलखा । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ।

    कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

    मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातको फलफूल राम्रो उत्पादित हुने सुन्तला रसिलो, स्वादिलो तथा आग्र्यानिक हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

    गाउँपालिकाको वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतको स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ।

    मेलुङको सुन्तला जिल्लाकै तामाकोशी चरिकोट मैनापोखरी बजारलगायत आसपासको जिल्लामा समेत खपत हुने गरेको छ।

    हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरेता पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन्।

    सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने मेलुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए ।

    गाउँपालिकाले पालिकालाई सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउने र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताए ।

    स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको प्रवक्ता थोकरले बताए ।

    सुन्तलाको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि मेलुङ गाउँपालिकाले मङ्सिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो।

    सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताए ।

    महोत्सवको अवसरमा सुन्तला विज्ञहरुद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij