आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शशांक निवासमा काँग्रेस असन्तुष्ट पक्षका नेताहरुबीच छलफल

  • प्रकाशित मिति : सोमवार, पुस ७, २०७६



  • काठमाडौं । काँग्रेसको संस्थापन इतर पक्ष पार्टीमा उत्पन्न विवादको मध्यमार्गी निकासका लागि आन्तरिक छलफलमा जुटेको छ ।

    महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार अपराह्नदेखि इतपक्षका नेताहरुबीच आन्तरिक छलफलमा जारी छ ।

    पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका, विभाग र नेविसंघको गठनका साथै तरुण दल विस्तारमा संस्थापन पक्षसँग ठोस सहमिति हुन नसकेपछि इतर पक्ष आन्तरिक छलफलमा जुटेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

    उक्त विषयमा सहमति खोज्न पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्न जिम्मेवारी दिएको छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीसहितको टोलीले निधिसँग वार्ता गरिरहेको छ ।

    उनीहरुबीचको छलफलमा महाधिवेशन कार्यतालिका चालू बैठकमै पेश सहमति जुटे पनि भ्रातृ संस्था गठनको विषयमा सहमतिको प्रयास असफल हुँदै आएको छ ।

    आइतबार दुई पक्षीय वार्ता टोलीबीच सिंहको निवास चाक्सीबारीमा भएको ४ घण्टा लामो छलफलमा पनि सहमति प्रयास असफल भएपछि सोमबार आन्तरिक छलफल गर्नु परेका वार्ता टोलीका सदस्य हृदयराम थानीले बताए ।
    उनले भने, ‘वार्ता टोलीबीच छलफल हुन थालेको एक हप्ता बढी भइसक्यो । दुई पक्षीय अडानमा कोही कतै कम्परमाइज गर्ने अवस्था नबन्दा सहमतिले मूर्तरुप लिन सकेन । अब के गर्ने भनेर हामीले आफूपक्षीय नेताहरुसँग वार्ताका क्रममा भएका कुराहरुको विफ्रिङका लागि बैठक गर्नु पर्यो भनेर जोड गरेका हौँ ।’

    बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरु सिंह, बडू, थानी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल र गगन थापालगायतको सहभागिता रहेको छ ।
    उता सभापति देउवाले आफू पक्षीय नेताहरुसँग आन्तरिक छलफल गर्ने तयारी गरेको बुझिएको छ ।

    जसले वार्ता टोलीबीच अहिलेसम्म भएको छलफलको आधारमा थप छलफलका लागि वार्ता टोलीलाई खटाउने वा त्यसको जिम्मा देउवा र पौडेलाई सुम्पिने भन्ने निर्णय लिने छ ।

    मंसिर २६ गतेदेखि जारी काँग्रेस केन्द्रीय समिति बैठक यी नै विषयमा रुमल्लिदा पुस १० गतेका लागि बोलाइएको छ । दुवै पक्ष १० गतेका बैठक सहज सञ्चालनको वातावरण तय गर्न लागि परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij