आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महामानब बि .पी. कोईरालाको सिद्धान्त अबलम्बन गर्न नसक्दा नेपाली कांग्रेसको हालत यस्तो

  • प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६



  • महामानब बि . पी. कोईरालाको सिद्धान्त अबलम्बन गर्न नसक्दा नेपाली कांग्रेसको हालत यस्तो भएको हो । सी.बि.क्षेत्री बि .पि.को मेलमीलापको नितिलाई सार्थकता दिन नेताहरूले निजि स्वार्थ भन्दा पार्टी केन्दित स्वार्थमा लाग्नु पर्ने आजको आबस्यता ।

    बी.पी. कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किका थिए। त्यतिबेला राष्ट्रियतामाथी खतरा परेको परिस्थिति थियो। देशभित्र र बाहिर निरंकुशता र प्रजातन्त्र विरोधी एवं साम्राज्यवादी शक्तिहरू सल्बलाइरहेका थिए भने दक्षिण एसियाको तत्कालीन परिवेशपनि नेपालका लागी अनुकूल थिएन। त्यसैले राष्ट्र रह्यो भने मात्र नेपाल रहन्छ भन्ने पवित्र उद्देश्य बोकेर बी.पी. स्वदेश फर्किएका हुन्। बी.पी.को बुझाईमा राष्ट्रियता माटो र भूगोल मात्र होइन, यो जनताको सामूहिक भावना हो भन्ने थियो। त्यसैले राष्ट्रियता देशको पहिचान हो। देश रह्यो भने राष्ट्रियता रहन्छ। त्यसैले राष्ट्रियता र लोकतन्त्र अभिभाज्य छन्। राष्ट्रियता लोकतन्त्रको जगमा मात्र उभिन सक्छ, त्यसको लागी एकता र मेलमीलाप अपरीहार्य छ।

    बी.पी.को आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद एवं प्रजातन्त्रप्रेमीलाई सधैं माया गर्ने सम्पूर्ण लोकतन्त्रप्रेमीको सहयोग, सद्भाव र समन्वयले मात्र आज कांग्रेस जीवन्त बन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभीन पुगेको छ। हुन त यसको लामो ईतिहासमा पार्टी सञ्चालनका क्रममा संस्थापक नेता बी.पी.देखि सुवर्णशमशेर, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै सभापती शेरबहादुर देउवासम्म आइपुग्दा केही असन्तुष्टि र असमझदारीमा पोखीने तर त्यसलाई सामूहिक रूपमा समाधान गर्दै एक ढिक्का भएर मुलुकमा देखा परेका चुनौतीलाई समाधान गरेको ताजा ईतिहास छ। यी सबै कुरालाई ध्यानमा राख्दै फेरि पार्टी सभापतीले बी.पी.को राष्ट्रिय एकता र मेलमीलापको नीतिअनुरूप सर्वप्रथम पार्टीभित्र बृहत् एकता र समन्वयको खोजी गरी मेलमिलापको मियो बन्नुपर्छ।

    कांग्रेसका अगाडी थुप्रै चुनौती र अवसर छन्। चुनौतीको समाधान बृहत् एकताले मात्र गर्न सकिन्छ। आज नेकपाको बलीयो सरकार छ भने नेपाल जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका दिएका छन्। त्यसैले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउने अवसर पनी हाम्रो अगाडी छ, यसका लागि कांग्रेसले धेरै गृहकार्य र राम्रा कामका थालनी अविलम्ब शुरु गर्नुपर्छ।

    मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछि नेपाली कांग्रेसको सांगठनिक संरचनालाई संघीय ढाचाअनुरूप लैजान केही चुनौती र कठिनाइ देखा पर्नु स्वाभाविकै हो। यसलाई पूर्णता दिनु पहिलो दायीत्वभित्र पर्छ। संगठनलाई नयाँ जीवन दिन संगठनमा काम गर्ने साथीहरूको मनोबल उच्च राख्दै सही मूल्याकंनका आधारमा जिम्मेवारी र दायित्वबोध गराउन जरुरी छ। यसका लागि विधि र पद्धति र नीतिअनुरूप पार्टी सञ्चालन हुन आवश्यक छ। जनताको जनसवाल जनजीविका र जनसरोकारलाई पनि केन्द्रविन्दु बनाएर अगाडि बढेमा मात्रै जनताका आशा र भरोषाको केन्द्र बन्न सक्छ। यी सबै कुरा पूरा गर्न पार्टीभित्रका शीर्षस्थ नेतृत्वबीच बलियो एवं भावनात्मक एकता तत्काल गरिनुपर्छ। जीवन्त पार्टी सधैं आन्तरिक झगडा र भागबन्डाका बीच अल्झिरहनु राम्रो होइन।

    ईतिहासले दिएको जिम्मेवारी कांग्रेसले हरेक कालखण्डमा पूर्ण ढंगले पूरा गर्दै आएको छ। वर्तमान कठिन परिस्थितिमा पनि सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न र कम्युनिस्ट सरकारको अधिनायकवादी क्रियाकलापविरुद्ध लड्न आफैभित्र एकता गर्न सक्नुपर्छ। बी.पी.को राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसले आन्तरिक जीवनमा लागु गर्नुपर्ने आजको आवश्यकता हो।

    कांग्रेसको एजेन्डा भनेको आर्थिक र सामाजिक क्रान्ति नै हो। त्यसबाट मात्र बी.पी.को प्रजातान्त्रिक समाजवादको नीतिअनुरूप नयाँ नेपालको निर्माण गर्न सकिन्छ। स्थापनाकालदेखि नै कांग्रेसको नेतृत्व सामूहिक नै देखिन्छ। त्यसैले आजको आवश्यकता पनी पार्टीभित्र सबैलाई मिलाएर समान भूमिका र अवसर दिएर सामूहिक नेतृत्व प्रणालीका आधारमा पार्टीलाई अगाडि लैजानुपर्छ।

    आजको अवस्थामा कांग्रेसले बी.पी.को राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई व्यवहारमा चरितार्थ गर्दै सर्वप्रथम पार्टीभित्र एकता दर्शन र विचार नमिल्नेलाई पनि लोकतान्त्रिक संस्कार र आचारणभित्र ल्याउने नेतृत्वदायी भूमिका र अन्य लोकतान्त्रिक पार्टीलाई पनि लोकतान्त्रिक छाता भित्र आबद्ध गर्दै संगठित रूपमा मुलुकमा देखा परेका राष्ट्रिय–अन्तर्राष्टिय समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। तब मात्र बीपीको राष्ट्रिय मेलामिलाप नीति सार्थक हुन्छ।जय नेपाल ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij