आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिल्लीमा रेशम चौधरीलाई भेटेकोमा प्रचण्डलाई गर्व

  • प्रकाशित मिति : बुधबार, माघ १, २०७६



  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा भारतको दिल्लीमा रेशम चौधरीलाई भेटेकोमा गर्व गरेका छन्।

    बुधबार माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिए। सम्बोधनका क्रममा प्रचण्डले रेशम मात्रै नभएर शसस्त्र द्वन्द्वका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताए।

    उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा साथीहरुले भन्नुभयो झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर पटक पटक पार्टी र सरकारसँग बहस भइरहेको छ। केही साथीहरु छुटेका छन्। रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समय भित्रै यसको परिणाम निस्किन्छ। यो कुरा तपाइँहरुलाई भन्न चाहान्छु।’

    उनले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षत्रि समेत जेल रहेको बताए। प्रचण्डले मोरङबाट सेनाभित्र विद्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताए। उनले प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफु भएको पनि बताए।

    दिल्लीमा रेशम चौधरीसँग खुलेर तपाईका मागहरु के हुन राख्नुहोस् भनेर कुरा गर्ने आफु नै पहिलो व्यक्ति भएको उल्लेख गर्दै दाहालले भने, ‘तपाईहरुले भनेजस्तो अहिले रेशमको कुरा, रेशमलाई सबैभन्दा पहिले प्रधानमन्त्रीको हैसियतले। म दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतको दिल्लीमा रेशमसँग खुलेयाम भेटेर के के हो तपाईको कुरा खुलेआम राख्नुहोस् भन्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्ने तपाईहरु नविर्सनुहोला।’

    दाहालले चौधरीलाई सांसदको सपथ खुवाउनका लागि सभामुख देखि सरकारसम्मलाई आफुले कुरा राखेको पनि बताए। उनले भने, ‘नम्बर १ प्रधानमन्त्रीको हैसियतले भेटेको मैले हो। नम्बर २ तपाईले के विर्सिनु पाउनुहुन्न भने डिल्लीबजारको खोरमा गएर रशेम चौधरीलाई खोर भित्र भेट्ने पनि मै हो भन्ने कुरा पनि तपाईहरुले बुझ्नुपर्ने हुन्छ। सभामखु, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उसलाई माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे म हो भन्ने पनि नविर्सिनुहोला।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij