आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बलीयो उर्जाशिल कांग्रेस बनाउनको लागी कांग्रेसमा चौधौं महाधिवेशनबाट युवा नेतृत्व छान्न आजको आबस्यत -सिबि क्षेत्री प्रबेग

  • प्रकाशित मिति : बिहिबार, माघ २, २०७६



  • मूलधारका नेपाली राजनीतिक शक्तिमध्ये नेपाली काँग्रेस पुरानो लोकतान्त्री पार्टी हो । उसले समाजवादी राज्य व्यवस्था स्थापित गर्दै मध्यम वर्गीय जनतालाई आधार बनाई पार्टी सञ्चालन गर्दै ७० वर्षभन्दा अझ बढी उमेर गुजार्दै सत्ता र सङ्घर्षद्वारा अनुमोदित हुँदै आएको छ ।

    समाजवादी नेता बी. पी. कोइरालाको मार्ग निर्देशन, सुवर्ण शमशेरको व्यवस्थापन, गणेशमान र किशुन जी निष्ठावान सु-संस्कृत राजनीतिले जीवन्तता पाएको यो पार्टी आजको समयमा आइपुग्दा मणि हराएको शेषनाग जस्तै अवस्थाबाट गुज्रिरहेको छ । सामाजिक, आर्थिक, राजनीतिक अधिकार र न्यायका निमित्त अनवरत लड्दै आएको पार्टी आजको यस अवस्थामा पद्धति र सुशासन स्थापित गराउन आन्तरिक तथा बाह्य दुवै ठाउँबाट नसक्ने अवस्थामा छ ।

    पार्टीभित्र चरम गुटबन्दी, असल र क्षमतावान भन्दा परिवारवाद गुटगत स्वार्थ हाबी भएका नेता नेतृत्वमा रहिरहनुले आन्तरिक लोकतन्त्र नाम मात्रमा सीमित रहेको छ । राणा र राजाशाहीसँग कहिल्यै नझुकेको पार्टी, पार्टीभित्रको जुँगाको लडाइँले क्षतविक्षत अवस्थामा छ । लोकतान्त्रीक मूल्यमान्यतालाई आत्मासाथ गर्दै पदीय जिम्मेवारी, नैतिक मूल्य मान्यता, कर्मठ योगदान र भविष्यद्रष्टा, योग्यतावान युवा नेतृत्वलाई पार्टीको मूल नेतृत्वमा लैजान प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने सोच र समीक्षा अबको मार्गदिशा बनाएर अगाडि बढ्ने हो भने, सही र सक्षम नेतृत्व सही स्थानमा पदस्थापना हुन सकेमा, नेपाली राजनीतिमा खडेरी लागिरहेको नैतिक मूल्य मान्यतासहितको लोकतान्त्रिक प्रणाली संस्थागत र राज्य व्यवस्था, समाज, धर्म, संस्कृति र परम्परा सुचारु भई जीवन्त हुने छ । लोकतन्त्रप्रति लगाव राख्ने अन्य पार्टीसँग सद्भावपूर्ण एकता र समझदारी कायम गरी अगाडी बढ्ने आँट राख्नुपर्ने जरुरत पर्नेछ ।

    कम्युनिष्ट पार्टीहरूको एकतापछि बनेको शक्तिशाली सरकार र उसले चलाएको राज्य सत्तामा भ्रम र यथार्थ जनतामाझ सञ्चार गर्न नसक्दा लोकतान्त्रीक प्रणालीभित्र कै संविधान अङ्गीकार गरेर बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकार भएपनि विवेकशील नेपाली जनतालाई महसुस हुँदैछ । यो सरकार लोकतान्त्रीक मूल्य मान्यताभन्दा पनि दम्भपूर्ण रूपमा शासन प्रणाली सञ्चालीत गरिरहेको छ । सत्ताको भर्‍याङ लोकतान्त्री प्रणाली भए पनि केन्द्रीकृत शासन सत्ताको आभाष दिँदैछ सरकार ।

    सरकारको विरुद्ध जनताको यती चर्को विरोध हुँदा पनि प्रमुख प्रतिपक्षी दल यी मुद्दामा सापेक्षीत रूपमा विरोधमा उत्रन सकेन ।

    सरकारको राम्रा कामको प्रशंसा र गलत कामको विरोधमा उत्रन नसक्नु नैतिकवान युवा नेतृत्व प्रमुख प्रतिपक्षी पार्टीभित्र हुन नसक्नुको कारण नै हो ।

    आगामी १४औँ महाधिवेशनले प्रतिनिधिमूलक भन्दा पनि प्रत्यक्ष सहभागीता मूलक रूपमा युवा नेतृत्वलाई पार्टीको प्रमुख स्थानमा पुर्‍याउन सक्यो भने ईतिहासमा वैकल्पिक राजनीति शक्तिको रूपमा स्थापित हुँदै सङ्घर्ष–सत्ता, सत्ता–सङ्घर्ष झेल्दै आएको रैथान नेपाली कांग्रेस पुरानो लोकतान्त्रीक पार्टी निकट भविष्यमा नै लुप्त हुनबाट बच्न सक्छ ।

    समय र परीस्थिति लाई मध्यनजर गर्दै रचनात्मक कार्य क्षमता अभिबृधी गर्न युवाहरुलाई नेतृत्वमा ल्याएर एउटा सक्षम बलीयो तन्नेरी कांग्रेस बनाउन सकुशल युवा नेतृत्व चौधौँ महाधिवेशन लागी आयाम खम्बा हो । जय नेपाल

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij