आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गरे भन्सारको उद्घाटन

  • प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६



  • काठमाडौं। मोरङको विराटनगर महानगरपालिका बुधनगरमा बनेको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

    मंगलबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आईसीपी उद्घाटन गरेका हुन्। भारतको सहयोगमा निर्माण भएको आईसिपी उद्घाटन सँगै यसको स्वामित्व नेपालसँग आएको छ। आईसिपी सुचारु भएसँगै निर्यात लागत घट्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए।

    पार्किङ स्थल, जाँच पोष्टसहितका सेवाहरु एकै ठाउँबाट उपलब्ध हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने उनको भनाइ छ। मन्त्री भट्टले सुख्खा बन्दरगाहको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न ११ गते अध्ययन टोली त्यसतर्फ जाने बताए। हेटौंडादेखि वीरगञ्जसम्मा सुख्खा बन्दरगाहको अध्ययन गर्ने र भैरहवा औद्योगिक क्षेत्रको पनि अध्ययन गरी तत्काल देखिएका समस्याहरु निराकरण गरिने उनले बताए। मन्त्री भट्टले सुनौली, नेपालगञ्ज लगायतका ठाउँमा पनि आईसीपी निर्माणका लागि योजना अगाडि सारिएको बताए।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आईसीपी निर्माणपछि खर्च व्यवस्थान हुने र सामानको सुरक्षामा सहयोग पुग्ने बताए। कम मूल्य मै आवश्यक वस्तुहरु आयात निर्यात गर्न सकिने धारणा राख्दै श्रेष्ठले नेपालगञ्ज लगायतका क्षेत्रमा पनि छिटो निर्माण भए सबैतिर सुलम मूल्यमा मालसामान पुग्ने बताए। आईसीपीबाट नेपाल र भारत दुबै देशले फाइदा लिन सक्ने बताउँदै उनले नीति क्षेत्रका तर्फबाट धन्यवाद समेत ज्ञापन गरे।

    सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने विभिन्न क्षेत्रहरुमा आइसीपी निर्माणको सहमति भएको थियो। उक्त सहमति अनुसार वीरगञ्जमा दुई वर्ष अघि नै आईसीपी निर्माण भइसकेको छ । मंगलबारबाट विराटनगरमा निर्माण भएको आइसीपी सञ्चालनमा आएको छ । अब भैरहवा र नेपालगञ्ज नाकामा निर्माण गर्न बाँकी रहेको छ ।

    नुवाकोट र गोरखामा निर्माण भइरहेका ५० हजार निजी आवासको काम छिट्टै सकिने पनि भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको छ । भूकम्पपछिको पुनर्निमाणमा ५० हजार निजी आवास निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने योजना अनुसार अहिलेसम्म ४५ घर निर्माण भएका छन् । प्रधानमन्त्री ओलीसँग मंगलबार भिडियो कन्फ्रेन्समा भएको वार्ताका क्रममा ती घरहरु छिट्टै नेपाललाई हस्तान्तरण गरिने उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij