आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्डले बाबुराम र अशोकलाई भने निरीह भएर बस्नु भन्दा नेकपामा आउँनुस।

  • प्रकाशित मिति : बिहिबार, माघ ९, २०७६



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरिह भएर बस्नभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन् ।

    बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरोस्थितिमा निरिह भएर बस्नुभन्दा नेकपमा मिल्न आउन आग्रह गरे ।

    उनले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफुहरुसँगै मिल्न आउन आग्रह गरे । उनले भने, ‘रामचन्द्रजीले भनेको जस्तै त्यहाँ रहेका साथीहरु आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरिह भएर बस्न परेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँले भन्नुभयो यदि उहाँले भनेको सत्य नै होला मलाई सबै थाहा त छैन ती साथीहरु र उपेन्द्र जी पनि अब धेरै झमेला गर्नुभन्दा यही मिल्नै आए बरु राम्रो हुन्छ भनेर उहाँहरुलाई पनि त्यो भन्न चाहन्छु ।’

    अध्यक्ष प्रचण्डले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अव अलग अलग चुलो चौका लगाएर नहुने समेत बताए ।

    कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ती समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे । उनले अन्य पार्टीहरु नामका निम्ती मात्र खडा गरिएका पार्टी मात्र भएको समेत बताए ।

    अध्यक्ष प्रचण्डले विगत केही महिना यता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहेपनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij