आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवाले निर्वाचनमा भनेको कुरा गायिका आस्थाले भोगिन्, जनताले सम्झिन थाले कांग्रेस

  • प्रकाशित मिति : बुधबार, माघ १५, २०७६



  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको निर्वाचन अगाडि ‘कम्युनिस्टले जिते भने बोल्न र रुन पनि पाइँदैन’ भनेका थिए ।

    सभापति देउवाले भनेको त्यस बेलाको यो अभिव्यक्ति अहिले आएर सत्य सावित हुन थालेको छ । पत्रकार, कलाकार, नागरिक समाज र सर्वसाधारणले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताअनुसार बोल्न पाइरहेका छैनन् ।

    केही समय अगाडि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत गाए । गीतलाई कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाइदियो ।

    अर्का गायक भिटेनले पनि गीत सार्वजनिक गरे । उनलाई त झन् कम्युनिस्ट सरकारले हिरासतमा राखेरै कारबाही चलायो ।

    अहिले गायिका आस्था राउतले सभापति देउवाले निर्वाचनका बेला भनेको त्यो अभिव्यक्तिको सामना गरिरहेकी छिन् । अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी कर्मचारीले गरेको दुर्व्यवहारको विरुद्ध सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिए वापत हिसातमा बस्नु परेको छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई प्रहरीको आलोचना र दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाएको छ । गायिका राउत अब चार दिन हिरासतमा बस्नुपर्नेछ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।

    प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो ।

    सरकारी वकिलले पाँच दिन थुनामा राख्ने अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।
    गायिका राउतमाथि अभद्र व्यवहार अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

    माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

    आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

    राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन् । राउतको स्वाथ्य परीक्षण गरी प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो ।

    प्रहरीले सर्वसाधारणमा गर्ने व्यवहार सधैँ आलोचनाको विषय बन्दै आएको छ । प्रहरी मेरो साथी भन्ने अभियान चलाएपनि तल्लो दर्जाका केही प्रहरीहरूका कारण सिङ्गो प्रहरी बद्नाम हुँदै गएको छ ।

    प्रहरी नेतृत्वले यस विषयमा ध्यान नदिने हो भने सर्वसाधारण र प्रहरीवीचको दुरी झन् बढेर जानेछ । अहिले पनि प्रहरीसँग सर्वसाधारणहरू नजिक हुन चाहँदैनन् ।

    थुनामा राखेर गायिका राउतलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । तर, राउतलाई दुर्व्यवहार गर्ने महिला प्रहरी जवान श्रेष्ठलाई कारबाही हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

    यो प्रकरणमा गायिका राउत अलिक धेरै दोषी होलिन् । तर, ती महिला प्रहरी जवान श्रेष्ठ पनि कम दोषी छैनन् । उनी पनि कारबाहीको भागिदार छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij