आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिँह

  • प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६



  • दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

    शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उनले प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए।

    “२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र गणतन्त्र स्थापनाका लागि धेरै शहीदले रगत बगाएका छन्”, नेता सिंहले भने, “शहीदको सपना पूरा गर्नसके मात्रै उनीहरुप्रति सच्चा श्रद्धा गरेका ठहरिनेछ।”

    खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

    “मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास गरेका छौँ”, उनले भने, “खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गरेका हौ।”

    म्याराथनमा ७० धावकको सहभागिता रहेको छ। म्याराथनमा देशभरबाट धावक सहभागी भएको र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त हुने जनाइएको छ।

    व्यास नगरपालिका–५ मानहुँबाट शुरु भएको म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ।

    म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ।

    प्रतियोगिता प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमशः रु ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ तथा सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

    गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले उक्त दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम हुन सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij