आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाइदिनुप-यो भन्नुहुन्थ्यो : प्रचण्ड

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६



  • काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र सही नेतृत्वले इतिहासमा ठूल्ठूला फड्को मार्न सक्ने बताएका छन् ।

    जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरु एकतामा आइहाल्लान् र दुई तिहाई ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको टिप्पणी गरे ।

    सही विचार लिएकै कारण त्यो सम्भव भएको उनले बताए । उनले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको पनि स्मरण गराए । ‘यसले संविधान सभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने थिएन,’ उनले भने ।

    राज्य र विद्रोही पक्ष फेरि शान्ति समझौतामा आउलान्, उनीहरुको सहकार्यबाट मुुलुकमा राजतन्त्र अन्त्य होला भन्ने पनि कुनैबेला असम्भवजस्तै लाग्ने विषय रहेको प्रचण्डले बताए । तर सही विचार र सही नेतृत्वले गर्दा नै त्यो सम्भव भएको उनको भनाइ थियो ।

    उनले तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको जिकिर गर्दै प्रचण्डले त्यही समझदारीको दायरा फराकिलो हुँदै राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको आधार तयार भएको बताए ।

    उनले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको पनि खुलासा गरे ।

    ‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुप-यो भन्नुहुन्थ्यो,’ उनले भने, ‘यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो ।’

    अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उनले प्रष्ट पारे । विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij