प्रकाशित मिति : बिहिबार, फाल्गुन १, २०७६
काठमाडौं । आज साताको पाँचौँ दिन बिहीबार भाउ उकालो लागेको छ। हिजो बुधबार तोलामा दुई सय रुपैयाँ घटेको सुनको भाउ आज ३ सय रुपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij